16 / 100

Healing is yours_Nepali1

Download PDF Tracts

यद्यपि मानिस सँग शिक्षा मान सम्मान भए तापनि उ सँग आफ्नो मनमा विश्राम, खुशियाली, शान्ति र स्वाथ्यको कमी हुन्छ । उसले आनन्द र शान्ति प्राप्त गर्न धेरै प्रयासहरु गर्दछ । ऊ पैसा खर्च गरेर पापमय खुशियाली हरुमा सँलग्न हुदछ तर यस बाट कुनै फाइदा हुदैन यी सबै कुरा हरुले उसको प्राणमा अशान्ति र उसको शरिरमा रोग मृत्यु मात्र ल्याउदछ  भन्ने कुरामा उ अनविज्ञ हुदैछ ।

जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो तब उहाँले उसलाई आफ्नो स्वरुप र प्रतिरुपमा सृष्टि गर्नु भएन तर उसलाई खुसियाली , शान्ति, विश्राम, स्वास्थ्य, शरीर र अनन्तको जीवन दिएर सृष्टि गर्नु भयो । तर जब मानिसले पाप गरेर प्रभुको आज्ञालाई  भंग गर्यो तब उसले आफ्नो आशिषहरु मात्र गुमाएन तर आफ्नो प्राणमा उ मृत्यु, डर र निराशाको र आफ्नो शरीरमा कमजोरी र निको नहुने रोगहरुको दास बन्यो ।

यद्यपी औषधीको चंगाई र सैतानीक चंगाईहरु पुनः स्थापना भए तापनि कुनैले पनि मानिसलाई पुर्ण रुपले चंगाई गर्न सकिएको देखीदैन । यस भन्दा पनि बढी, केही औषधीहरुले स्वास्थ्यमा केही असरहरु पार्दछ । जसले गर्दा अरु रोगहरु प्नि लाग्न सक्दछ  । आधुनीक विज्ञानले धेरै औषधीहरु पत्ता लगाए तापनि  नयाँ रोगहरु देखा परेर डाक्टरहरुको लागि ठुलो चुनौती खडा गरेको छ । यी परिस्थीतीहरुमा, यो २१औं शताब्दीमा तपाईको रोग निको पार्न सक्ने कोही डाक्टर छ कि छैन भनि तपाई विचलित भइरहनु भएको छ होला ।

साथीहरु, हामी तपाईलाई एउटा डाक्टरसँग परिचय गराउँदछौ । यदि तपाई उहाँ कहाँ विश्वासका साथ आउनुभयो भने पर्याप्त छ । मानव जातिको लागि उहाँ उत्तम वैद्य हुनुहुन्छ । उहाँ जसको नाम येशु हो, उहाँले यसो भन्नुहुन्छ “तिमीहरुलाई निको पार्ने म परमप्रभु हु ।” (प्रस्थान १५ :२६) …… उहाँले पाएको कोर्राको चोटले हामी निको भयौ , उहाँ आफैले हामीहरुको कमजोरी लिनु भयो र रोगहरु बोक्नु भयो । (यशैया ५३ : ५, मत्ति ८ : १७) । उहाँले हामीलाई यसो भनेर बोलाउनुहुन्छ “हे सबै मेहनत गर्ने र बोझले दबिएकाहरु हो । म कहाँ आओ, म तिमीहरुलाई विश्राम दिनेछु ।” ( मत्ति ११: २८) येशुले पाप, रोग, श्राप यद्यपी मृत्यु र जीवनलाई पनि सदा सर्वदाको लागि जित्नुभएको छ र उहाँले विश्वास गर्नेहरुलाई यहि विजयको प्रतिज्ञा गर्नुभएको छ ।

यदि तपाईले प्रभु येशुसँग पाप स्वीकार गरेर उहाँलाई आफ्ना व्यक्तिगत उद्धारकर्ताको रुपमा ग्रहण गर्नु भयो भने उहाँले तपाईको पाप क्षमा गर्नु भएर तपाईको प्राणमा मात्र विश्राम दिनुहुन्न तर तपाईको शरीरको रोगहरु हटाउनुभएर तपाई लाई पुर्ण चंगाई पनि दिनुहुन्छ । । “जसले तेरा सबै पापहरु क्षमा गर्नुहुन्छ र तेरा सबै रोगहरु निको पार्नु हुन्छ , जसले तेरो जीवनलाई खाडलबाट मुक्त पार्नुहुन्छ ” ( भजनसंग्रह १०३ : ३ ,४) “ उहाँले आफ्नो वचन पठाउनुहुन्छ र तिनीहरुलाई निको पार्नुहुन्छ, उहाँले तिनीहरुलाई चिहानबाट उद्धार गर्नुहुन्छ ।”  ( भजनसंग्रह १०७ : २०)। परमेश्वरको वचनले यसो भन्दछ “ उहाँले आफ्नै शरीरमा हाम्रा पाप काठमाथि बोक्नुभयो । उहाँकै चोटहरुमा तिमीहरु निको भयौ ।” ( १ पत्रुस २ : २४)

बिरामी देख्दा येशुलाई दया लाग्दथ्यो । उहाँले दश जना कोरीहरुलाई निको पार्नुभयो । उहाँबाट शक्ति निस्केर गएर रगत बग्ने व्यथा भएकी स्त्रीलाई निको पार्यो । येशु कहाँ आउने सबै विरामीहरु निको भएर फर्किए । उहाँले अन्धालाई देख्न सक्ने , बहिरोलाई सुन्न सक्ने, लाटोलाई बोल्न सक्ने र लड.गडो लाई हिडन सक्ने बनाउनु भयो । यद्यपी उहाँले मरेकालाई जिवित पार्नु भयो । येशु हिजो, आज र सधै भरी एक समान हुनुहुन्छ । आज पनि उहाँको हात निको पार्न नसक्ने गरी  छोटो भएको छैन ।

औषधी विज्ञान र सर्जरीले मानिसलाई शारिरिक रुपले निको पार्न सक्ला तर हाम्रो स्वर्गीय वैद्य येशुले दिनुहुने दैविक चंगाइले शरिरमा मात्र होइन तर मन, प्राण र मावन जातिको सम्पुर्ण अंग प्रत्यड.ग हरुलाई पनि निको पार्न सक्दछ ।

तपाईको रोग जे भए तापनि यद्यपी डाक्टर हरुले तपाईलाई निको हुनुहुन्छ भनि आशा नगरे तापनि यदि तपाई अहिलेनै निको हुन चाहनुहुन्छ भने आफैलाई पुर्णरुपले प्रभु र स्वर्गीय वैद्यको हातमा सुम्पी दिनुहोस् ।

प्रार्थना : “ प्रभु येशु तपाई कलवरी क्रुसमा मेरो पापको लागि मात्र होइन तर मेरो रोगहरुको लागि पनि मर्नु भयो भनि म विश्वास गर्दछु । अनुग्रह सहित मेरो पाप हरु क्षमा गर्नुहोस, मेरो रोग हरुबाट मलाई छुटकारा दिनुहोस् र मलाई पुर्ण रुपले चंगाई गर्नुहोस् म तपाईको सन्तानको रुपमा शुद्ध जीवन जिउन चाहन्छु । येशुको नाउँमा आमेन ।”
You can find equivalent English tract @

Healing is yours!