16 / 100

You are someone special_Nepali1

Download PDF Tracts

पत्रिका पढदै् रहदा मैले एउटा अति चाख लाग्दो भनाई भेट्टाए । यसो भनि लेखिएको थियो: हरेक व्यक्ति कोही व्यक्ति बन्नको लागी कोही व्यक्ति हुन पर्दछ । म अकमक्कमा परे र यसलाई पढन थाले हरेक व्यक्ति कोही व्यक्ति बन्नका लागि कोही व्यक्ति हुन पर्दछ । यो कस्तो विचारणीय भनाइ हो

यस कम्प्यूटर युगमा वैज्ञानीक अविष्कार खोजहरुगर्दा मानिसको साँच्चिकैको मुल्यलाई चिन्न सकिएको छैन । पुरुष र महिलाहरु कोही पनि होइनन् कार्यशालामा एउटा सख्या, यान्त्रीक जिवनको एउटा हिस्सा र यथाह समुन्द्रमा एक थोपा पानि जस्तै हो, जसलाई मानव भनिन्छ । यो साँचो  हो कि, कोही मानिसहरु शारीरीक सुन्दरता, साड.गीतक प्रतिभाहरु खेलकुदको योग्यता देखाए र सर्व साधारणको आँखा आफुतिर तान्न सफल भइरहेका होलान् तर बहुसंख्यक मानिसहरु जसलाई हामी बाटोमा भेटछौ , तिनीहरु हामीलाई नचिनिकनै थाहा नपाईकनै हाम्रो छेउबाट गइरहेका हुन्छन ।

नर्थ वेस्टर्न  युनिर्भसीटी मेडिकल यु. एस. ए. का डाक्टर डोनाल्ड फोरम्यानको भनाई अनुसार मनिसको शरीरमा भएको रसायनिक पदार्थको मुल्य ३.५ डलर मात्र हुदछ । डिप्रेशनको बेला सामान्य शरीरमा भएको रसायनिक पदार्थको मुल्य ९० सेन्ट मात्र हुदछ । जति समय वित्दै जान्छ त्यति मानिस केही पनि नभएर जादछ । जवान मानिसहरुका साथै वृद्धहरुले पनि आफुलाई जतिसुकै सुरक्षित राखेपनि  तिनिहरुको प्रयासहरु समाजले नजानेको , तिनीहरुको विचारधाराहरु स्वीकार नगरेको र तिनीहरुले संसारमा कुनै प्रभाव पार्न नसकेको भनि कतिजना निराश भएका छन्  । वास्तवमा तिनिहरु कोही पनि होइनन् ।

बाइबलमा येशुले हराएको भेडाको बारेमा दृष्टान्त भन्नुभयो । यो कथा लुकाको सुसमाचार १५ अध्यायमा छ । सय ओटा भेडाहरु हुने एउटा गोठालो थियो तर ति मध्ये एउटा हरायो । उसले उनान्सय भेडाहरुलाई छोडेर त्यही एउटा भेडालाई खोजी गर्न गयो । लामो समय पछि अन्तमा उसले त्यसलाई भेट्टायो  । हो, उसले त्यसलाई आफ्नो काधमा बोकेर घरमा ल्यायो आफ्नो छिमेकीहरुलाई बोलाएर यसो भन्यो “मसित रमाओ किनभने मैले आफ्नो हराएको भेडा भेट्टाएको छु” ।एउटैमात्र भेडा तर गोठालोको लागि त्यो महत्वपुर्ण थियो ।

येशुले भन्नुहुन्छ “म असल गोठालो हु असल गोठालोले आफ्नो भेडाहरुको निम्ती आफ्नो प्राण अर्पण गर्दछ” । (युहन्ना १० :११) ।

तपाई बगालबाट र घरबाट टाढा भौतारीरहेको र हराएको भेडा जस्तै हुनुहुन्छ तर असल गोठालोको लागि तपाई अति महत्वपुर्ण व्यक्ति हुनुहुन्छ । उहाँको लागि तपाई सारा संसार भन्दा वढी बहुमुल्य हुनुहुन्छ । उहाँको आफ्नै जीवन भन्दा बढी मुल्यमान हुनुहुन्छ । बाइबलले भन्दछ “हामी पापी छदै ख्रिष्ट हाम्रो निम्ती मर्नु भयो”  (रोमी ५ :८) । उहाँले यशैया अगमवक्ता द्धारा पनी यसो बोल्नुभयो “के कुनै स्त्रीले आफ्नो दुधे बालकलाई विर्सन सक्छे र ? यिनीहरुले विर्सन पनि सक्छन, तर म त तँ लाई विर्सन सक्दिन” (यशैया ४९ : १९) । उहाँले तपाईको बारेमा विचार गर्नु हुन्छ । तपाईको वर्तमान अवस्था जे भए तापनि तपाई उहाँको दृष्टिमा अत्यन्त मुल्यवान हुनुहुन्छ । तपाई कोही विशेष व्यक्ति हुनुहुन्छ ।

पाठकवृन्द , तपाईले यो पर्चा फ्याक्नु भन्दा अघि यो कुरालाई विचार गर्नुहोस् । तपाई कोही व्यक्ति मात्र हुनुहुन्छ – मानिसले नचिनेको र समाजले नचिनेको । सायद तपाई यस्तो महसुश गर्नुहुन्छ होला– कसैले तपाईको फिक्री गर्दैन , कसैले तपाईलाई बुझ्दैन तर तपाईको फिक्री गर्ने र तपाईलाई बुझ्ने एउटा व्यक्ति हुनुहुन्छ र त्यस व्यक्ति प्रभु येशु ख्रिष्टसँग तपाईलाई भेटाउने हाम्रो ईच्छा रहेको छ । तपाई उहाँको लागि कोही व्यक्ति हुनुहुन्छ – उद्धार गर्न योग्य कोही व्यक्ति , मर्नको लागि योग्य कोही व्यक्ति, अत्यन्त बहुमुल्य कोही व्यक्ति र उहाँको दृष्टिमा अत्यन्त मुल्यवान । येशुले तपाईलाई प्रेम गर्नुहुन्छ । तपाईको उद्धार गर्न उहाँ मर्नु भयो, तपाईलाई क्षमा दिन, तपाईले खोजीरहनु भएको शान्ति , आनन्द र सन्तोष दिन उहाँ जिवीत हुनुहुन्छ । तपाई ख्रिष्ट कहाँ आउनुभएर उहाँको सन्तान बन्न सक्नुहुन्छ ।

तपाईले यसो भन्नुहुन्छ होला,“ म धेरै टाढा गइरकेको छु , मेरो लागि कुनै आशा छैन , म मेरो पापको दास भैसकेको छु र मलाई सहायता गर्न सक्ने कोही छैन ।” अनगिन्ती हजारौ यस्ता मानिसहरु छन्– जवान र बृद्ध – जस्ले ख्रिष्टद्धारा एउटा नयाँ आशा , नयाँ जीवन, आनन्द, शान्ति, उद्येश्य, निशाना र जीवनको लक्ष्य भेट्टाएका छन् । यदी तपाईले आफ्नो जीवनको शपथ ख्रिष्ट येशु सँग गर्नुहुन्छ भने यो तपाईलाई पनि हुन सक्दछ । यो आजै तपाईलाई हुनसक्दछ – अहिले नै ।

 प्रार्थनाः “प्रभु म पापि हु । कृपया मलाई क्षमा गर्नुहोस् । मैले आफैलाई सहायता गर्न सक्दिन, त्यसैले म जस्तो छु त्यस्तै तपाई कहाँ आउदछु । तपाईले मलाई प्रेम गर्नु हुन्छ , त्यसैले तपाई मेरो लागि मर्नु भयो भनी म विश्वास गर्दछु । विगतलाई विर्सेर तपाईलाई मेरो जीवन भरी पछ्याउन तपाईले मलाई सहायता गर्नुहोस । म तपाईलाई मेरो उद्धारकर्ता र परमेश्वरको रुपमा स्वीकार गर्दछु । म मेरो सारा जीवन तपाई लाई अर्पण गर्दछु । येशुको नाउमा आमेन
You can find equivalent English tract @

You are somone special